१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


हेटौंडाका व्यवसायी आन्दोलित


0
Shares

हेटौंडा, साउन २५ । हेटौंडा उपमहानगरपालिकाले सडकछेउमा मोटरसाइकल पार्किङ निषेध गरेसँगै व्यापार–व्यवसायमा प्रतिकूल असर पुगेको भन्दै व्यवसायी आन्दोलित भएका छन् ।

राप्तीरोड, स्कुलरोड, कान्ती राजपथ र मेनरोडको सडकछेउमा पार्किङ निषेध गर्ने निर्णयप्रति उनीहरु असन्तुष्ट भएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघले गरेको मागप्रति उपमहागनरपालिकाले कुनै सुनुवाइ नगरेकाले विरोधमा उत्रिएको उनीहरुको भनाइ छ ।

शुक्रबार व्यवसायीहरुले विरोधमा नगर परिक्रमा गर्दै उपमहानगरपालिका कार्यालयको गेटमा धर्ना बसेका थिए ।