१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँकेमा ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु


143
Shares

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा आज बिहान ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको ट्रिपरले बाटो काट्दै गरेका स्थानीय ७० वर्षीय विरबली भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्रिपर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।