१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झा नियुक्त


234
Shares

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाहीका सञ्जिव झालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको महाप्रबन्धकमा झालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जापानका लागि नेपाली पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने सम्मान ग ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

यस्तै, सरकारले चितवन इन्जिनियरिङ कलेजमा ब्याचलर अफ आर्किटेक्टरमा २४ जनालाई अध्ययन अध्यापन गराउन अस्थायी मान्यता दिने भएको छ ।

लोकसेवा आयोग तथा न्याय सेवा समितिबाट बढुवा र नियुक्तिका लागि सिफारिस गरिएकाहरूलाई सम्बन्धित कार्यालयमा नियुक्तिका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यसैगरी सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।