
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा कारोबार हुने साताको तेस्रो दिन पनि गिरावट आएको छ ।
मंगलबार बजार परिसूचक नेप्से १४ अंकले घटेर २ हजार ५ सय २७ विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इण्डेक्स २ अंकले घटेर ४ सय ७२ विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । यस दिन होटल तथा पर्यटन समूहका उपसूचक २५ अंकले बढ्दा अन्य सबै समूहरू राताम्मे भएका छन् ।
यस्तै यस दिन इमर्जिङ नेपाल लिमिटेड, नेस्डो समृद्ध विकास लघुवित्त र राष्ट्रउत्थान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यी तीनै कम्पनीमा सकारात्मक सर्किट लागेकाे हाे ।
२ सय २५ कम्पनीको ३८ लाख ९० हजार १ सय ३१ कित्ता सेयर कारोबार हुँदा मंगलबार १ अर्ब ७५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्