८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच स्मार्ट क्यूआर भुक्क्तानी सम्बन्धि संझौता


65
Shares

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) लिमिटेड र एन.आइ सी एसिया बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरको ुकु वर्गको वाणिज्य बैंक एन.आइ सी एसियावीच काठमाडौमा आयोजित एक विशेष कार्यक्रमकाबीच संझौता भएको हो । संझौता पत्रमा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन.आइ सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिहरूले एन.आइ सी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको संस्थाको भनाई छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने विश्वास दुबै संस्थाको रहेको छ ।