
काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनमा तत्काल मानवीय युद्धविरामको आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले तत्काल युद्ध अन्त्य गरी गम्भीर राजनीतिक वार्तामार्फत शान्ति सम्झौतातर्फ अघि बढ्न अपिल गर्नुभयो ।
युक्रेनमा रुसी सेनाको जारी कारबाहीमा करिब ३९ लाख मानिस पूर्वी युरोपेली देशतर्फ लागेको बेला राष्ट्रसंघ प्रमुखले यस्तो आह्वान गर्नुभएको हो ।
शत्रुताको अन्त्यले अत्यावश्यक मानवीय सहायता पु¥याउन र नागरिकहरूलाई सुरक्षित रूपमा जीवनयापनमा सहयोग पुग्ने गुटेर्रेसको आशा छ ।
अमेरिकाको न्यूयोर्कमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले युद्धविरामले यस युद्धको विश्वव्यापी नतिजालाई सम्बोधन गर्न पनि मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै युद्धका कारण धेरै विकासशील देशहरूमा गहिरो भोकमरीको संकटलाई जटिल बनाउने जोखिम रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
गुटेर्रेसले रुसले आणविक हतियार प्रयोग गर्ने वा युक्रेनमा भएको द्वन्द्वसँग सम्बन्धित जैविक, रासायनिक हतियारको प्रयोगको सम्भावनाबारे पनि प्रश्न उठाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्