१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुस र युक्रेनबीच टर्कीमा वार्ता, अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीसम्बन्धी सम्झौता प्राथमिकतामा


1.313k
Shares

एजेन्सी । टर्कीको इस्तानबुलमा जारी रुस र युक्रेनबीचको वार्तामा धेरै मुद्दाहरूमा ‘गहन परामर्श’ भएको युक्रेनले जनाएको छ ।

जारी वार्तामा युक्रेनको लागि अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टी सम्बन्धि सम्झौताका विषयले प्राथमिकता पाएको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले जानकारी दिनुभयो ।

उहाँले युक्रेन सरकारको लामो समयदेखिको अडानलाई राख्दै सुरक्षा ग्यारेन्टी भए तटस्थताको सम्भावना औल्याउनुभयो ।

युक्रेनी अधिकारीहरूले मारिउपोलको घेराबन्दी लगायत भारी रुसी बमबारीमा परेका शहरहरूमा ठूलो मानवीय संकट भएको बताएका छन् ।

पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्‍याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो ।

युक्रेनी सेना द्धन्दका कानुनहरू पालना सुनिश्चित गर्न प्रतिबद्ध रहेको भन्दै युद्धका नियमहरू उल्लङ्घन हुन नदिने उहाँको भनाइ थियो ।

इस्तानबुल वार्ताको आयोजना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव रहेको भन्दै उहाँले द्वन्दको निरन्तरता कसैको हितमा नभएको बताउनुभयो ।

सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो ।

टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो ।