
तेह्रथुम । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि तेह्रथुममा पाँच दलिय वाम–लोकतान्त्रिक गठबन्धन भएको छ ।
जिल्लामा क्रियाशील पाँच पार्टी गठबन्धन भएको मंगलबार संयुक्त प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।
आसन्न स्थानीस्य तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनमा भाग लिएर प्रतिगमन र त्यसको अवशेषविरुद्ध एक भएर उभिने जनअपेक्षाअनुसार गठबन्धन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रको जस्तो निर्णय आए पनि आफूहरूले जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरूको भनाइ छ ।
यसअघिको निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्