१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बसाइँसराइका कारण रित्तिदै गाउँघर


767
Shares

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ को दर्मिजा गाउँ पछिल्लो समय बसाइँसराइका कारण रित्तिदै गएको छ ।

मगरजातीको वाहुल्यता रहेको दर्मिजा गाउँका एकसय बढी घरहरुमध्ये एक दर्जनभन्दा बढी घरका ढोकामा ताल्चा लगाइएको छ । घरको धुरी भत्किएका छन् । आँगन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ ।

दर्मिजा मात्रै होइन म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी तथा सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको संख्या बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन् ।

पूर्वाधार सम्पन्न विद्यालय, स्वास्थ्यचौकी, सञ्चारको सुविधा गाउँमै पुगे पनि गाउँमा बस्नेहरु घट्दै गएका छन् । यसले जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगंगा गाउँपालिका–४ का वडासदस्य समेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताउनुभयो ।