८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


तेह्रथुम प्रशासनद्वारा हातहतियार बुझाउन आदेश


234
Shares

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन आदेश दिएको छ ।

सार्वजानिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आदेश दिएको हो ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ ।

तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानून बमोजिम भै जाने सुचनामा उल्लेख गरिएको छ ।