२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताउनुभएको छ ।

बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता सिंहले कस्ले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगतको पनि समीक्षा गरेर आफ्नो मत दिन समेत मतदातालाई आग्रह गर्नुभएको छ।

उहाँले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुबीच तालमेल गरेर जानू पर्ने बताउनुभयो । नेता सिंहले गठबन्धनको ओैचित्य अझै नसकिएकाले कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर मोडालिटि तय गरी तालमेल गरेर जानू पर्नेमा जोड दिनुभयो ।

कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो, कसरी कस्का कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो यी सबै कुरा सबैले ख्याल राख्नु पर्ने बताउनु हुँदै उहाँले के अब गठबन्धनको ओैचित्य सकिएको हो त ? भन्दै वास्तबिकता को धरातलमा उभिन सबैलाई अपिल गर्नुभएको छ ।

फरक प्रसंगमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको विवेकशील साझा पार्टीको हालत के भयो भन्दै राजनीति नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएको समेत बताउनुभयो ।

आज ती पार्टीका नेताको गतिबिधि कस्तो छ ? पार्टी कस्तो छ, सबैले देखे सुनेकै होला भन्दै भ्रम छर्नेहरु बिस्तारै जनता माँझ नाङगिदै जाने समेत बताउनुभयो ।

अब महानगरबासिले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले त्यसलाई गम्भीरता साथ सोचेर निर्णय लिन समेत काठमाडौं महानगरबासिलाई अपिल गर्नुभयो ।