
काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज (बुधबार) नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताउनुभयाे। नेपाली जनमत दुईवटा गठबन्धनकाबीचमा विभाजित हुने उहाँले बताउनुभयो ।
उहाँले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली र नेपाली जनताकाबीचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो ।
आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मियता र घनिष्ठ बनाउनुपर्ने उहाँकाे जाेेड छ ।
प्रतिक्रिया दिनुहोस्