१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको नेपाल फाइनलमा प्रवेश


104
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा समेत निकालेको छ । टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको आठ वर्षपछि नेपालले ५० औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेको हो । नेपालले सन् २०१४ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।