१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम लागू


3.939k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गरेका छन ।

रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले रुसमाथिको अमेरिकी नाबाकन्दीलाई साथ दिएपछि रुसले यस्तो प्रावधान लागू गरेको हो । रुसी व्यवस्थाको जर्मनीले भने विरोध गरेको छ । अन्तर्राष्ट्रिय ग्यास कारोबारको मुद्दालाई राजनीतिक हिसाबले ब्ल्याकमेलीङ नगर्न जर्मनीले रुसलाई सचेत तुल्याएको हो ।

रुसले भने पश्चिमाहरुको नाकाबन्दीको सामना गर्न आफूसँग रुसी मुद्रामै कारोबारको ग्यारेन्टी हुनुपर्ने अडान लिईरहेको छ । यही अप्रिल १ अर्थात आजदेखि रुसी मुद्रामा कारोबार नगरे ग्यास आपूर्ती रोकिदिने चेतावनी रुसले दिएको छ ।

खासगरी रुससँग मित्रवत सम्बन्ध नराख्ने मुलुकहरुको लागि यो प्रावधान लागू गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्क ।