
काठमाडौं । हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहान प्रदेश-१, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकोछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार भने दिउँसो प्रदेश-१, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेकोछ।
देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार राती भने प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्