८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नोबेलका डाक्टर मृत फेला


494
Shares

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् ।

सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय यादव आज बिहान अस्पताल अगाडि मृत भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव अस्पतालमा तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बंगलादेशबाट गरेको परिवारले जनाएको छ ।

मोरङ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी गरेका छन् ।