
कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ ।
कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् ।
भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेको बताउनुभयो ।
ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा समेत फुटेको प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्