२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

आजै विभिन्न सम्झौतामा हस्ताक्षर हुने

299
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ । त्यसपछि आजै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता तथा विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ । आजै दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ । यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्ने बताइएको छ ।

चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर हिजो (शुक्रबार) भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री देउवा आइतबार बनारस भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।