२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालद्वारा मलेसियासामु २२४ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्रकाे शतक


2.067k
Shares

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतकीय र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले ।

ऐरीले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले १ सय १० रन बनाउँदा पौडेलले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए । अदिल खान १४ रनमा आउट हुँदा आशिफ शेखले २ रन बनाए ।

बलिङतर्फ मलेसियाका मोहम्मद आमिर, मोहम्मद वफिक, पवनदीप सिंह र स्यान्ज्रुल इद्रुसले समान एक–एक विकेट लिए ।

मलेसियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।