१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउड अभिनेत्री मलाइकाको गाडी दुर्घटना


4.355k
Shares

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा चढेको गाडी दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अभिनेत्री मलाइका चढेको गाडी खोपोली एक्सप्रेस वे मा दुर्घटनामा परेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अभिनेत्रीलाई सहयोग गरेको बताएको छ । घटनास्थलमा ३ ओटा गाडी एकसाथ ठोकिएका थिए ।

जसमा, एउटा अभिनेत्री मलाइकाको गाडी रहेको बताइएको थियो । अभिनेत्री गाडी भित्रै रहेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई सामान्य चोट पटक लागेको बताइएको छ ।

खोपोली प्रहरी चौकीका अनुसार मलाइकार्को एपोलो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।