
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति लिभरपुल र म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी पराजित भएको छ ।
लिग तालिकाको शिर्ष स्थानमा फर्कनेक्रममा म्यान्चेस्टर सिटीले बर्नेलेलाई २–० ले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि २५ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
यसैगरी, उपाधि होडमा म्यान सिटीलाई कडा टक्कर दिईरहेको लिभरपुलले शनिबारको खेलमा वाट्फोर्डलाई २–० ले हराएको छ । लिभरपुलका लागि डिएगो जोटा र फाबिन्होले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । त्यसपछि ८९ औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।
शनिबार राति भएको अर्को खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ ले हराएको छ । ब्रेन्टफोर्डका लागि भिटाली जनालेटले दुई तथा क्रिस्टियन एरिक्सन र योने विसाले एक एक गोल गरे । चेल्सीका एन्टोनियो रुडिगरले एक गोल फर्काए ।
खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए । ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाए । ६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को अग्रता दिलाए । त्यसपछि ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–० को जित दिलाए ।
प्रिमियर लिगका अन्य खेलहरुमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीसँग १–१ गोलको बराबरी खेल्दा वुल्भरह्याम्प्टन वान्डरर्सले एस्टन भिल्लामाथि २–१ को जित निकाल्यो ।
शनिबार रातिका खेलहरुपछि अंक तालिकामा ३० खेलबाट ७३ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थनमा फर्किएको छ । समान खेलबाट ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ५९ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्