१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपिएलमा गुजरातको लगातार दोस्रो जित


130
Shares

काठमाडौं । नयाँ टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेर लगातार दोस्रो जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुजराजले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७१ रन बनायो । गुजरातका लागि शुभंम गिलले सर्वाधिक ८४ रन बनाए । बलिङतर्फ दिल्लीका मुस्ताफिजुर रहमानले तीन तथा खलिल अहमदले दुई विकेट लिए ।

जवाफमा १ सय ७२ रन पछ्याएको दिल्ली २० ओभरमा नौं विकेट गुमाउदै एक सय ५७ रनमा समेटियो । दिल्लीका लागि कप्तान रिशव पन्तले ४३ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्न गुजरातका लक्की फर्गुसनले ४ विकेट लिए ।

यो जितसँगै गुजरातले दुई खेलबाट चार अंक बनाएको छ । दिल्लीको भने जारी प्रतियोगितामा यो पहिलो हार हो ।