१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको कीभ शहरको यो हृदयविदारक दृश्य


5.512k
Shares

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ ।

बिना कारण रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा हमला गरेको थियो । रुसी हमलाका कारण युक्रेनको सबै क्षेत्र तहस नहस भएको छ । घना बस्ती भएका युक्रेनका कतिपय शहरहरु मसानघाट जस्ता भएका छन् । जताततै युक्रेनी नागरिकका शवहरु सडकमा लडिरहेका हृदयविदारक दृश्यले सबैलाई दुःखी बनाएको छ । युक्रेनको महत्वपूर्ण शहर मानिएको कीभलाई रुसले नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । ४० लाख भन्दा युक्रेनी आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरले युक्रेनको युद्ध हेर्दा निकै पीडादायक अवश्था रहेको बताएका छन् ।

संचार माध्यमहरुका अनुसार युक्रेनको राजधानी समेत रहेको कीभ सहरमा १ महिना अघि निकै चहलपहल थियो । तर एक महिनापछि त्यो शहर मसान घाट भएको छ । समाचार एजेन्सी एएफपीले युक्रेनको बुका सहरका मेयरलाई उद्धृत गर्दै त्यहाँ एउटा सामुहिक चिहान भेटिएको र जहाँबाट २८० जनाको शव भेटिएको जनाएको छ । कीभको तस्वीरहरूले मानवतालाई स्तब्ध पारेका छन् । कीभमा यत्रतत्र सडकमा छरिएका शवहरुले सबैको मनमा पीडाबोध गराएका छन् । तर रुसले भने मानवीय संवेदना देखाएको छैन ।

कीभको भयानक दृश्य निकै मर्मस्पर्शी भएको संचारमाध्यमहरुले जनाएका छन् ।युक्रेनी सेनाले बहादुरी पूर्वक लडेका कारण रुसले कीभलाई नियन्त्रणमा लिन सकिरहेको छैन । तर रुसी सेनाको बमबारी र हवाइ आक्रमणले कीभ तहस नहस भएको छ । युक्रेनी सेना बिस्तारै सावधानीपूर्वक कीभ शहरमा प्रवेश गर्दैछन् । तर रुसले आक्रमण गर्न सक्ने डरले यसक्रेनी सेना ती शवहरू हटाउन डराइरहेका छन् ।

केही तस्विरहरू :