
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पुर्याउन अनुदान रकम वितरण गरेको छ ।
जसअन्तर्गत शितगंगा नगरपालिकाले वडा नम्बर १० मा रहेको जागृति कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रम मार्फत ४६ जना उत्कृष्ट उधमिहरुलाई ४ लाख ७० हजार ४ सय ७१ रुपैयाँ वितरण गरेको हो ।
खसी पाठा जिउँदो तौलका आधारमा सहकारीमार्फत बिक्री गर्ने किसानलाई नगरपालिकाले प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान वितरण गरेको नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७७-०७८ को बजेट मध्ये हालसम्म नगरपालिकाले ७५ लाख अनुदान वितरण गरेको छ ।
जसमा लोकल कुखुरा, बंगुरको पाठा र महमा प्रतिकिलो ५० रुपैयाँ दूधमा प्रतिलिटर ५ रुपैयाँ र लोकल अण्डा प्रतिगोटा २ रुपैयाँकादरले अनुदान वितरण गर्दै आएको नगरपालिका प्रमुख अधिकारीले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्