
काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
(आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ । ३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८५ रनमा समेटियो ।
अष्ट्रेलियाको जितमा एलना किङ र जेस् जोनासेनले समान ३–३ तथा मेगन चुटले २ विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो ।
यसअघि अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८, १९९७, सन् २००५ र सन् २०१३ मा पनि विश्वकपको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्