
चितवन । चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नदीजन्य पदार्थ उत्खनन् गर्ने १ सय ३६ सवारी साधानलाई नियन्त्रणमा लिएर २३ लाख बढी राजश्व संकलन गरेको छ ।
आफ्नो १३ महिने कार्यप्रगति प्रस्तुत गर्दै कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी इन्द्रबहादुर रानाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अवैध रुपमा बालुवा,ढुँङ्गा, गिटी उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा जरीवाना गराइएको हो ।
रानाले बढ्दै गएको जनसंख्यालाई मध्यनजर गरी दैनिक सेवाप्रवाहलाई सरल गराउन ट्राफिक कार्यालय निर्माण, थुनुवालाई सहज हुनेगरी भित्रै क्यान्टिनको सुविधा, नयाँ ब्यारेक निर्माण गर्नुका साथै ९० थान म्याट्रेस वितरण गरेको बताउनुभयो ।
उहाँले गुण्डागर्दी नियन्त्रण, लागूऔषध र काठ चोरी निकाशी नियन्त्रण तथा हाइवे र मुख्य ब्यापारिक स्थानमा २३ वटा सीसीटिभी जडान गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्