
फाइल तस्बिर
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावबिना खेल्ने दावी गरेका छन् ।
सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताए । उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताएका हुन् ।
नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन । पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताएका छन ।
आफूहरु लामो समयदेखि टी–२० फर्म्याट नखेलेको भन्दै टी–२० मा केही गाह्रो भएको उनको भनाई छ
प्रतिक्रिया दिनुहोस्