१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छैंटौं टुबोर्ग दोहाेरीगीत प्रतियोगीता आज सम्पन्न


429
Shares

काठमाडौं । ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ आज (आइतबार) सम्पन्न भएकाे छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिद्धरा आयोजना गरेकोे प्रतियोगितामा आइतबार १२ समुहबीच प्रतिष्पर्धा भएको हाे । प्रतियोगितामा प्रथम स्थान हाशील गर्नेलाई सिल्डका साथमा २ लाख २५ हजार, दोस्रो हुने समुहलाई १ लाख ५० हजार तेस्रो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ ।

त्यसैगरि सान्त्वना स्थान हाशील गर्नेलाई ५० हजार रुपैयाँ प्रदान गर्नुका साथै उत्कृष्ट २ पुरुष २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टिमलाई दश-दश हजार रुपैयाँ प्रदान गरिएको छ। गत चैत्र १७ गतेबाट सुरु भएको चारदिने प्रतियोगिता आइतबार सकिएको हो ।

कार्यक्रममा आर्थिक ,नैतिक , भौतिक रुपमा सहयोग गर्ने सघंसस्था तथा व्यक्तिलाई पनि सम्मान गरिएको छ ।