
काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ ।
आज (आइतबार) बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ । भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ ।
अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल हुनुहुन्छ । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएकोथियो । यस पटक पनि मेयरमा माओवादीले दावी गरेकाले चितवन कांग्रेसको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुनेगरेको छ ।
अघिल्लो हप्ता मात्रै चितवन आउनुभएका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दावी रहने बताउनुभएको थियो ।
आइतबार भएको चितवन कांग्रेसको बैठकमा चितवनबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्व सांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्