
काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।
आज (सोमबार) बिहान प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।
त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्