२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीसँग तालमेल नगर्ने ईश्वर पोखरेलकाे भनाइ


364
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढाल्ने माओवादीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज (सोमबार) पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमालेसँग पनि तालेमलका लागि छलफल भईरहेको भन्ने माओवादी नेताहरूको भनाइमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।

पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढालेर अपराध कर्म गर्नेहरुसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन भन्दै पोखरेलले चुनावी गठबन्धनका विषयमा कुरै नभएको बताउनुभएकाे हाे । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लगाउने छलाङहरुका विषयमा आफूहरु प्रष्ट रहेको भन्दै उहाँले एमालेले स्थानीय चुनावमा संस्थागत तालमेल नगर्ने बताउनुभएकाे छ।

आइतबार एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादीसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको बताउनुभएको थियो ।