१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा सवारी दुर्घटना घट्दै गएकाे तथ्यांक


78
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा विगतका वर्षकाे तुलनामा सवारी दुर्घट्ना दर घट्दै गएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कुल सवारी दुर्घट्ना १० हजार ३८, मृत्यु हुनेको संख्या १ सय ३५ ,गम्भीर घाइते ६ हजार ६ सय ८० थियो भने, आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ९ सय ८६ कुल सवारी दुर्घटना भएको तथ्यांक छ । त्यसैगरि मृत्यु हुनेको संख्या १०६, गम्भीर घाइते १८२ र साधारण घाइते ५ हजार ३ सय ८ मा झरेको छ ।

सवारी दुर्घट्नाको क्रम ओरालो लाग्दै गएको काठमाडौं महानगरीय ट्राफ्रिक प्रहरी महाशाखाले जानकारी दिएको छ । अझै पनि बढि दुर्घट्ना हुने सवारी साधनहरुमध्ये दुई पांग्रे सवारी बढी दुर्घट्ना हुने गरेको तथ्यांक जनाएको छ ।

तीव्र गति, अव्यवस्थित सडका कारण र ट्राफिक नियमको उल्लघंन गरि सवारी चलाउदै गर्दा, बढी दुर्घट्ना भएको महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रवक्ता, सञ्जीव शर्मा दासले बातउनुभयो ।

उहाँले सडकमा सवारी लेरआउनु भन्दा अगाडि आफ्नो सवारी कस्तो अवश्यक छ भनी परीक्षण गरेर मात्रै सवारी चलाउन चालकहरुलाई आग्रह समेत गर्नुभएको छ ।