
काठमाडौं । जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचन तालमेल गर्ने निर्णय गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिनुभयाे ।
गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीनजनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने सहमति पनि बैठकले गरेकाे छ ।
पालिकास्तरमा सत्ता गठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्