
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने दाबी गर्नुभएको छ ।
सोमबार काठमाडौंमा निर्यात उद्योग व्यवसायी महासंघ नेपालले गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने बताउनुभएको हो ।
संघीय संसदको निर्वाचनपछि एमाले सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने उहाँले जिकीर गर्नुभयो ।
ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरूलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गर्नुभयो ।
ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
उहाँले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्