३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


एउटै करिडोरमा मात्रै विद्युत् परियोजना निर्माणमा जोड दिऔं : सुरेन्द्र पाण्डे


156
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्‍याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत् उत्पादनमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले उत्पादन गर्ने प्रशस्त पानीको क्षमता छ भन्दैमा सबै पानीबाट विद्युत् उत्पादन एकै पल्ट गर्नु नहुने बताउनुभयो । विभिन्न मुलुकको विकास गर्ने नीति आ–आफ्ना हुने भन्दै पूर्वमन्त्री पाण्डेले सरकारले एउटा करिडोरलाई प्राथकिता दिएर विद्युत् उत्पादनमा जोड दिने नीति बनाउनुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री पाण्डेले पछिल्लो समय प्राथमिकताको आधारमा भन्दा पनि शक्तिको आधारमा सुविधा माग गर्न विकासको मोडलमा पुगेको बताउनुभयो ।

हाँले सरकारले लाखौं खर्च गरेर जनताको घरमा विद्युत पु¥याउने तर राज्यले त्यहाँबाट २५ पैसा नाफा पाउने अवस्था वर्तमान अवस्था रहेको दाबी गर्नुभयो ।

प्राधिकरणले प्राथमिकताको आधारमा प्रसारण लाइनको निर्माण गर्ने कुरामा ध्यान दिए मात्रै जलविद्युत विकास गर्न सकिने उहाँको भनाइ छ ।