
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले गुल्मीका ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा जिल्लाका इस्मा, मालिका र मुसीकोटमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सोही भू–भागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरूमा आवद्ध १ सय ५० महिलाको उपस्थिति रहेको थियो ।
बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरूसहित जानकारी दिनुभयो ।
साथै, हेफर नेपालका प्रतिनिधिले ग्रामीण भू–भागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरूमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्