
काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका.लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
आज बिहान नौ बजेबाट सुरू गर्ने भनिए तापनि मतगणना कार्य केही ढिला गरी सर्वोच्च अदालत परिसरमा सुरू भएको हो ।
सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना कार्य सुरू भएको निर्वाचन अधिकृत सानुराज पोखरेलले बताउनुभयो । उहाँले अबको केही समयपछि मतगणनाको सुरूवाती नतिजा प्रकाशन गर्ने पनि बताउनुभयो ।
निर्वाचन अधिकृत पोखरेलले यस वर्षको मतगणना कार्य विगतको भन्दा फरक रहेको बताउनुभयो । विगतमा उपत्यका बाहिरको मतगणना कार्य सकिएपछि उपत्यकाको मतगणना गर्ने गरिएपनि यस वर्ष उपत्यकाका दुई स्थान सर्वोच्च अदालत र ललितपुरको मतगणना पनि उपत्यका बाहिरको मतगणनासँगै सुरू गरिएकोे बताउनुभयो ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्