२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


श्रीलंकामा राजीनामाकाे लहर, अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै राजीनामा


1.066k
Shares

एजेन्सी ।चरम आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ ।

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिनुभएको छ । नियुक्त भएको भोलिपल्टै सार्बेले राजीनामा दिनुभएको हो ।

‘यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु ।’

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उहाँको औंल्याउनुभयो ।

यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।