१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयता मुलकले धान्नै सकेन : अध्यक्ष लिङ्देन


208
Shares

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता मुलुकले धान्नै नसक्ने बताउनुभएको छ ।

राप्रपा बागलुङले मंगलबार आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले विगत देखिनै विरोध गर्दै आएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था ठिक नभएको भन्दै यसले देशलाई कंगाल बनाउने बताउनुभयो ।

नेपाल जस्तो देशले संघीयता धान्नै नसक्ने र यो कुनै पनि बेला राष्ट्र विखण्डनको कारक बन्ने उहाँको भनाइ छ ।

लिङ्देनले ठूला–ठूला नेता र काला व्यापारीहरूको घरमा नोट थन्किएर रहँदा अहिले बैंकमा नोट सकिँदै गएको आरोपसमेत लगाउनुभयो ।

आम नागरिकले सही नेतृत्व छान्न नसक्दा अधोगतिर्फ धकेलिएको भन्दै उहाँले आगामी निर्वाचनमा सय पटक सोचेर नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।