
काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले भक्तपुरमा मनाइने ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ ।
मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा ऐतिहासिक कला भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उहाँले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरूको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।
ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवर्द्धनले पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बिस्का जात्राको फोटो प्रदर्शनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्