२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा


0
Shares

भक्तपुर । भक्तपुरको सल्लाघारीमा हुन लागेको छैटौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ ।

‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा चैत २४ गतेदेखि वैशाख ४ गतेसम्म हुन लागेको महोत्सवको तयारी पूरा भएको मेला संयोजक दीपक थापाले इमेजखबरलाई जानकारी दिनुभयो ।

‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ हुन लागेको महोत्सव भक्तपुरको सल्लाघारी तीनकुनेस्थित १०८ रोपनी क्षेत्रफल जग्गामा हुनेछ ।

मेलाको भोलि बिहीबार दिउँसो १ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्दै हुनुहुन्छ ।

करिब ३ लाख भन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था समेत गरिएको मेला संयोजक थापाले बताउनुभयो ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्री, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइयो । त्यस्तै, फेशन र्‍याप तथा नृत्यहरु, औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, ग्रामिण प्रबिधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, नृत्य प्रतियोगिता, मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी हुने छ ।

मेलामा प्रवेश गर्न विद्यार्थीले रु. ४० र अन्यले रु. ५० शुल्क तिर्नु पर्ने छ ।