१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जलश्रोतको सही उपयोग गरेर आर्थिक विकासमा अघि बढ्नुपर्छ : मन्त्री भुसाल


78
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासमा अघि बढ्नु पर्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरू रहेको भन्दै अहिलेको आवश्यकता जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताउनुभयो ।

जलवायु परिवर्तनले कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या पारिरहेको मन्त्री भुसालको भनाइ छ ।

उहाँले जलवायु परिवर्तन, हिमनदी, अतिवृष्टि, अनावृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताउनुभयो ।

मन्त्री भुसालले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भए पनि पनि सकेजति विद्युत् उत्पादन गर्न नसकिएको बताउनुभयो ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगो रूपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बहुपक्षीय चुनौतिहरूलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।