
काठमाडौं । विदेशबाट सुपारी आयातको इजाजतपत्र नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन र आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।
विदेशी मुद्राको सञ्चिती कम रहेको अवस्थामा सुपारीजस्ता वस्तु आयातमा रोक लगाउनुपर्ने समितिको ठहर छ । समितिले आयातको अवस्था अध्ययन गर्न स्थलगत अनुगमन समेत गर्ने भएको छ ।
समिति अनुगमनका लागि भैरहवा, दाङ र नेपालगञ्ज लगायतका जिल्लामा जाने भएको हो । यसअघि छलफलमा सहभागी समिति सदस्यहरूले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा रोक लगाउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्