१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात


13.065k
Shares

पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गर्नुभएको छ ।

मंगलबार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई मनाङले कुटपिट गर्नुभएको हो । यद्यपि यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

‘भनाभन भएको हो भन्ने सुनिएको छ, कुटपिट नै भएको हुनसक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।