२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

काठमाडौंसहित यी पाँच जिल्लामा सबैभन्दा बढी लागुऔषध कारोबार


611
Shares

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका पाँच जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा गृह सचिव टेकनारायण पाण्डेले काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने बताउनुभयो ।

पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको भन्दै उहाँले नेपालमा गम्भीर समस्याको रूपमा देखा पर्न थालेको बताउनुभयो ।

लागू औषधका कारण विभिन्न आपराधिक घटना भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाएको जानकारी दिनुभयो ।

गृहसचिव पाण्डेले लागू औषधकै कारण आपराधिक घटना बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको बताउनुभयो ।

मन्त्रालयले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको जनाएको छ । तीमध्ये महिलाको संख्या ८ हजार ३ सय ७१ रहेको छ ।

त्यस्तै नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये २१ प्रतिशत लागुऔषधकै मुद्दामा रहेको बताइएको छ ।