१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थालपथी विजयको फिल्म ‘बिस्ट’ कुवेतमा प्रदर्शनमा प्रतिवन्ध


7.501k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार थालपथी विजयको फिल्म ‘बिस्ट’ लाई कुवेतमा प्रतिबन्ध लगाइएको छ ।

बिजयको फिल्म ‘बिस्ट’ भने यहि १३ अप्रिलदेखि प्रर्दशन हुने भएको छ । तर, कुबेतले भने यस फिल्ममा प्रतिबन्ध लगाएको छ । फिल्ममा केहि इस्लामिक आतंकबाद पनि देखाइएको छ । जुन कुवेतको हित विरुद्ध भएको कुवेतको दाबी छ । त्यसैले कुवेती सरकारले यो फिल्मलमई प्रतिबन्ध लगाएको हो । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंवादको मुद्दालाई उठाएको कुवेतको सेन्सर बोर्डले जनाएको छ ।

भारतीय सञ्चार माध्थमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ । फिल्ममा अरब मुलुकलाई आतंकवादीको आश्रयस्थलको रुपमा चित्रण गरिएको छ । यसअघि पनि दक्षिण भारतका दुलकर सलमानको फिल्म ‘कुरुप’ र बिष्णु विशालको फिल्म ‘एफआईआर’ लाई पनि कुवेतले प्रतिबन्ध लगाएको थियो । किनकि यी दुबै फिल्ममा आतंकबाद देखाइएको थियो । अब कुवेतको यस कदमलाई अन्य अरब मुलुकले पनि पछ्याउन सक्ने अनुमान गरिएको छ ।

यस फिल्ममा थालपथी विजय एक र अफिसरको भूमिकाका देखिनेछन् । फिल्ममा पूजा हेगड, सेल्भा राघवन, शाइन टोम चाको र योगी बाबु मुख्य भूमिकामा देखिने छन् । यो फिल्मसँगै दक्षिण भारतकै अर्को फिल्म केजिएफ –२ पनि सोहि दिन प्रर्दशन हुँदैछ ।