
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिनुभएको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता महतले विगतमा नयाँ योजनाहरूको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरू सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
विगतमा ठूलो खर्च गरेर योजनाहरू अघि बढेको भए पनि त्यसले प्रतिफल दिन नसकेको उहाँको भनाइ छ ।
कांग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौती गरेर भए पनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्