१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ


104
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गर्नुभएको छ ।

बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पार्नुभयो ।

केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँको भनाइ छ ।

‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन, अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उहाँले भन्नुभयो ।

विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उहाँले बताउनुभयो ।