
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ ।
नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले दिक्तेलबारी नोभे टोललाई सुरक्षित वैदेशिक रोजगार टोल घोषणा गरेको हो ।
बिहीबार दिक्तेल–१ का वडाध्यक्ष टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त टोललाई सुरक्षित टोल घोषणा गरिएको हो ।
रोजगारीको शिलशिलामा विदेश गएकाले आफ्ना सम्पुर्ण कागजात तथा प्रमाणहरु एक प्रति घरमै छोडेको तथा विदेश जाँदा सीप सिकेर विदेश गएको आधारलाई टेकेर यस टोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोस राईले जानकारी दिनुभयो ।
यसअघि परियोजनाले केपीलासगढी गाउँपालिकाको बाक्सिला, दिक्तेलको खाल्लेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्