
सांकेतिक तस्विर
काठमाडौं । उदयपुरमा एक महिलाको हत्या भएको छ ।
त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति घरमा कोही नभएको मौका छोपेर चौधरीको नाक, कानको गहना लुटेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
चौधरीको श्रीमान बच्चुलाल चौधरीले उनलाई घरमा छाडेर गाईघाट बजार गएको र घर फर्किंदा ओछ्यानमा उनी मृत अवस्थामा फेला पारेको बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्